national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

परिचय

नेपालको भुगोल एवं वातवरणिय पक्ष र छिमेकी राष्ट्रको कृषि क्षेत्रको उपलब्धिको अवस्थलाई दृष्टिगत गर्ने हो भने नेपालले तुलनात्मक लाभ मिल्ने, कम आयतन भएका तर बढी मूल्य जाने र सहज तरिकाले व्यसायिकरण गर्ने सकिने कृषि उद्यमशिलतामा नै अघि बढ्न उपयुक्त हुने देखिन्छ। गरिवि निवारण र रोजगारी श्रृजना हुने खालका कृषि गतिविधिहरुलाई प्राथमिकता दिनु आजको आवश्यकता ठहर्छ। यसै अभिप्रायले यस फार्मको दायरा विगतमा भन्दा पनि अझै फराकिलो हुने गरी अगाडी बढाउन हालै यसको नामाकारण प्रजनन् पिढी बीज कोया श्रोत केन्द्र बाट व्यवसायिक किट विकास फार्मका रुपमा परिवर्तन गरिएको छ।

वि.सं. 2052 सालबाट रेशम विकास केन्द्रको रुपमा संचालनमा आएको हो। रेशम विकास केन्द्रको रुपमा रहेको यस केन्द्रको आ.व.२०६०/६१ देखि प्रजनन् पिढी बिज कोया श्रोत केन्द्रको रुपमा नामाकरण भई रेशमखेती सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आइरहेको थियो।आ.व.२०८०/०८१ बाट यस केन्द्रको नाम परिवर्तन भई व्यवसायिक किट विकास फार्म को रुपमा संचालन रहेको छ। यस केन्द्र नेपालको प्रादेशिक संरचना अनुसार आ.. २०७४/७५ बाट बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपन्छी विकास मन्त्रालय), कृषि विकास निर्देशनालय अन्तरगत रहेको छ। यस फार्मले सञ्चालन गर्ने प्रमुख क्रियाकलापहरुमा, रेशम कीराको फूल आपूर्तीका लागि आवश्यक पर्ने बिज कोया उत्पादन गर्ने, रेशम व्यवसायिक कोया उत्पादन गर्ने, किम्बु बगैंचा व्यवस्थापन गरी किम्बुको मातृ श्रोत संरक्षण गर्ने, किम्बु खेती, किम्बु विरुवा उत्पादन तथा बितरण, उन्नत बेसार तथा अदुवा उत्पादन, विभिन्न च्याउ प्रजातीका च्याउ उत्पादन प्रदर्शन, सेरेना मौरी उत्पादन प्रदर्शन, कागती विरुवा उत्पादन, चिउरी विरुवा उत्पादन, सम्बन्धित अगुवा कृषक स्तर तालिम संचालन, कमाण्ड क्षेत्रमा प्राविधिक सेवाटेवा प्रदान गर्ने तथा कार्यक्रम अनुगमन निरीक्षण गर्ने रहेका छन् ।

यस फार्मबाट प्रवाह हुने सेवाहरु तपसिल बमोजिमका छन्ः

कृषकस्तरमा विभिन्न सीपमूलक तालिम सञ्चालन (मौरीपालन, च्याउ, रेशम खेती सम्बन्धी)

कृषक (कृषक, निजी फर्म,कृषक समुह, कृषि सहकारी) सँगको साझेदारीमा प्रवर्द्धनात्मक कार्यक्रम (मौरीपालन, च्याउ खेती र रेशम खेती सम्बन्धी)

रेशम खेती, मौरीपालन र च्याउ खेती सम्बन्धी प्राविधिक परामर्श

रेशम कोया, मौरीपालन, च्याउ खेती व्यावसायिक उत्पादन कार्यक्रम

च्याउ वीउ स्पन उत्पादन

च्याउका जर्मप्लाज्महरुको संरक्षण र सम्बर्द्धन

सेरेना मौरी स्रोत केन्द्रको रुपमा कार्य गर्ने (प्रविधि प्रदर्शन, परिक्षण तथा प्रसार गर्ने)

जैविक किट स्रोत केन्द्रको रुपमा कार्य गर्ने (ढुसी, व्याक्टेरिया, भाइरस तथा विभिन्न मित्रजिवहरु)

किम्बु बगैंचा व्यवस्थापन सम्बन्धी कार्य

१०

किम्बु बिरुवा उत्पादन तथा विक्रि वितरण

११

कार्यालय परिसरमा खेर गएका जमिनमा उच्च मूल्य जाने बालीको अध्ययन, परीक्षण तथा उत्पादन गर्ने